नगदेश, मध्यपुर थिमि, २७ माघ २०८१ः
ऐतिहासिक तथा पौराणिक नगरी मध्यपुर थिमिको नगदेशमा बिगत १२ देखि प्रदर्शनमा आउन नसकेको पुलुकिसी नाच यस बर्ष प्रदर्शनमा आएको छ। नगदेश लायकु दरबारको पहलमा आज उक्त पुलुकिसी नाच प्रदर्शन गरिएको छ।

नगदेशको सिद्धिगणेश मन्दिर परिसरबाट शुरु गरिएको उक्त नाच नगर परिक्रमा संगै समापन गरिएको थियो।
उक्त नाच अबलोकनको लागि संघिय सांसद मा दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय श्रेष्ठ लगायत वडा अध्यक्षहरुको उत्साहजनक सहभागिता रहेको थियो।

लामो समय पश्चात प्रदर्शनमा आएको उक्त नाच अबलोकनको लागि उल्लेख्य मात्रामा भक्तजन तथा दर्शकहरुको उपस्थिति रहेको आयोजक स्थानिय युवा दिनेश बादेले बताए।

PC: Pawan Shrestha/Premlal Bhasima