पशुपन्छी औषधि ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालद्वारा संघलाई निस्वार्थ रुपमा जग्गा दान

काठमाडौ, २८ माघ २०८१ः
रत्न काजि प्रजापति

नेपाल पशुपन्छी औषधि ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालले संघको भवन बनाउनको लागि जग्गा दान गर्नु भएको छ। काठमाडौ जिल्ला, कीर्तिपुर नगरपालिका बडा न ४ मा रहेको करिब ५ आना क्षेत्रफलको जग्गा उपाध्यक्ष बडालले संघलाई निस्वार्थ दान दिनु भएको हो।

केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालले आफुले बिना कुनै स्वार्थ संघको भवन बनाउनको लागि स्वच्छ मनले जग्गा दान गरेको बताउनु भयो। उपाध्यक्ष बडालले आफुले पहिले देखि नै संघको लागि केहि राम्रो गर्ने मनसाय रहेकोमा अहिले सो पुरा गर्न पाएकोमा खुशी ब्यक्त गर्नु हुदै यस पबित्र कार्यमा आफ्नो कुनै स्वार्स्थ नरहेको बताउनु भयो।

नेपालको भेटेरिनरी क्षेत्रकै अग्रणी संस्था कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा. लि. का अध्यक्ष समेत रहनु भएका उपाध्यक्ष बडाल संघको गत बर्ष चितवनमा सम्पन्न १४ औ रास्ट्रिय महाधिबेशनबाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!