चितवन, २८ माघ २०८१ः
रत्न काजि प्रजापति
नेपाल पशुपन्छी औषधि ब्यबसायी संघ चितवन शाखाको अध्यक्षमा सालिकराम दवाडी निर्बिरोध निर्वाचित हुनु भएको छ। संघको आज सम्पन्न ११ औ अधिबेशनबाट दवाडी अध्यक्षमा निर्वाचित हुनु भएको हो।
संघको उपाध्यक्षमा थोक तर्फ बिशाल पोडेल तथा खुद्रा तर्फ संजय अर्याल, सचिबमा नारायण प्रसाद कंडेल, सह सचिबमा बिक्रम महतो तथा कोषाध्यक्षमा रामबाबु महासेठ निर्वाचित हुनु भएको छ।
त्यसैगरी सदस्यहरुमा मोतीराम चौधरी, केशब न्यौपाने, तुलसी राम सापकोटा र सन्तोष पोखरेल निर्वाचित हुनु भएको छ।
