दाङ्ग, २८ माघ २०८१ः
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिकाे अध्यक्षमा प्रदिप वाग्ले (बाँके) सर्बसम्मत निर्वाचित हुनु भएको छ। प्रदेश राजधानी राप्ती उपत्यकामा आज सम्पन्न तेस्राे अधिवेशनबाट वाग्ले अध्यक्षमा निर्वाचित हुनु भएको हो।
समितिको उपाध्यक्षमा खुल्ला तर्फ भुपेन्द्र वली (दाङ), समावेशी तर्फ चिन्ता परियार (कपिलवस्तु ), महिला तर्फ देवी गुरूङ (राेल्पा), महासचिवमा कमल रायमाझी (रूपन्देही ), सचिवमा तिलाचन पाण्डे (गुल्मी ), महिला सचिवमा अनिता पाेख्रेल (दाङ), जनजाति सचिवमा जितेन्द्र बुढा (राेल्पा), दलित सचिवमा भरत नेपाली (राेल्पा), सचिवमा जीवलाल सुवेदी (पाल्पा) तथा कार्यालय सचिवमा टेकम वली (दाङ) निर्वाचित हुनु भएको छ।
त्यसैगरी लेखा संयाेजकमा चिरञ्जीवी न्याैपाने (नवलपरासी पश्चिम ), लेखा समिति सहसंयाेजकमा मीत अधिकारी तथा सदस्यहरुमा शिव खड्का, रमेश गैरे, सञ्जय साैगात, देवी खड्का, राजेश आचार्य, उर्मिला गाैतम, प्रदिप गुप्ता, राजु दंगाल, वलराम श्रीपाली, विरेन्द्र गिरी र राजु क्षेत्री निर्वाचित हुनु भएको छ।
