केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालको जग्गा दान दिने घोषणा स्वागतयोग्यः केन्द्रिय अध्यक्ष रिमाल

काठमाडौ, २९ माघ २०८१ः

नेपाल पशुपन्छी औषधि ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालले संघको भवन निर्माणको लागि जग्गा दान दिने भनी गर्नु भएको घोषणालाई संघले स्वागत गरेको छ। संघका केन्द्रिय अध्यक्ष रितेश रिमालले बडालको जग्गा दान दिने घोषणा संघको लागि अत्यन्त महत्वपुर्ण रहेको भन्दै उहाको यो कार्य निकै स्वागतयोग्य भएको बताउनु भयो।

नौलोआयाम डटकम संग संक्षिप्त कुरा गर्नु हुदै अध्यक्ष रिमालले अधिल्लो महाधिबेशनमा निकै पेचिलो बनेको जग्गा दानको बिषयले चुनाबी माहोल प्रभाबित पारेको स्मरण गर्नु हुदै उहाले हाल आफ्नै कार्यसमिति भित्र बाटै स्वईच्छाले चुनाबी माहोल भन्दा निकै अगाडी उपाध्यक्ष बडालले जग्गा दान दिने घोषणा गर्नु भएकोमा खुशी ब्यक्त गर्नु भयो। यसबाट अब संघको आफ्नै भवन निर्माण हुनेमा कुनै दुबिधा नरहने उहाले बताए। अध्यक्ष रिमालले आफुले अध्यक्ष पद जितेकोमा संघले जग्गा प्राप्त गर्ने बाटो रोकिएको भनी आफुलाई आरोप लाग्ने गरेको बताउदै यो घोषणा पश्चात आफुले अब त्यो आरोप खेप्नु नपर्ने बिश्वास ब्यक्त गरे।

त्यसैगरी संघका निबर्तमान अध्यक्ष पुर्ण चन्द्र सापकोटाले बडालको उक्त कार्यको स्वागत गर्नु हुदै संघको सचिवालय बैठकले जग्गा प्राप्त गर्ने भनी निर्णय गरीसकेको बताए। सापकोटाले अब संघको भवन निर्माणको प्रक्रिया पनि छिट्टै अघि बढाउने भन्दै जग्गा दातालाई बिषेश धन्यबाद ब्यक्त गरेका छन।

नेपालको भेटेरिनरी क्षेत्रकै अग्रणी संस्था कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा लि का अध्यक्ष समेत रहनु भएका संघका केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालले हिजो काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका बडा न ४ मा रहेको करिब ५ आना क्षेत्रफलको जग्गा संघलाई निस्वार्थ दान दिने घोषणा गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!