केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालको जग्गा दान दिने घोषणाको संघको बागमति शाखाद्वारा स्वागत

काठमाडौ, २९ माघ २०८१;
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ बागमति शाखाले केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालको जग्गा दान दिने घोषणाको स्वागत गर्नुका साथै दाता बडाललाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ।

आज एक बिज्ञप्ति जारी गर्दै शाखाले मिति २०८१ माघ २८ गते, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, चितवन शाखाको ११औं अधिवेशन तथा २०औं वार्षिक साधारण सभा हलबाट किर्तिपुर नगरपालिका, वडा नं. ४ स्थित करिव ५ आना जग्गा नेपाल पशुपन्छी औषधि व्यवसायी संघको नाममा रहने गरी केन्द्रिय उपाध्यक्ष सुना सुवेदी बडालबाट निःशर्त दान दिने प्रतिवद्धता सहित वृत्तचित्र प्रस्तुत भएको विषयमा बागमति शाखा अत्यन्तै हर्षित एवं गौरवान्वित भएको जनाएको छ।

संघका अध्यक्ष कृष्ण बहादुर अधिकारी (रमेश) तथा सचिब शरण कुमार खनालको संयुक्त हस्ताक्षर सहित जारी बिज्ञप्तिमा भनिएको छ,” संघको हितका निमित्त हुने यस्ता ऐतिहासिक र पुनित कार्यलाई यस शाखाले सदैव उच्च कदर गर्नेछ ।”

“संघ ३४ औं वर्षमा प्रवेश गरिसक्दा पनि आफ्नै जग्गा तथा भवन नभएको अवस्थामा संघलाई निःशर्त एवं निस्वार्थ भावनाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएकोमा उक्त महान कार्यको स्वागत गर्दै यस शाखाका सदस्य एवं केन्द्रिय उपाध्यक्ष, जुझारु तथा दानविर व्यक्तित्व सुना सुवेदी बडाल लगायत सम्पुर्ण परिवारमा हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौं । ” जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

स्मरण रहोस, नेपालको भेटेरिनरी क्षेत्रकै अग्रणी संस्था कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा लि का अध्यक्ष समेत रहनु भएका संघका केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालले काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका बडा न ४ मा रहेको करिब ५ आना क्षेत्रफलको जग्गा संघलाई निस्वार्थ दान दिने घोषणा गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!