मधुमेह रोगमा प्रयोग गरिने म्यागनस फर्माको औषधी गुणस्तरहिनः फिर्ता गर्न बिभागको निर्देशन

काठमाडौं, १ फागुन २०८१ः

बाराको म्यागनस फर्मा प्रा. लि. ले उत्पादन गरेको मधुमेह रोगमा प्रयोग गरिने औषधी गुणस्तरहिन पाईएको छ।

औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गर्दा म्यागनसले उत्पादन गरेको INCRET-M 1000 (Linagliptin and Metformin HCL tablets) नामक औषधी न्यून गुणस्तर भएको पाइएको हो।

ब्याच न. KM23001 रहेको २०२३ अप्रिलमा उत्पादन भएको सो औषधी, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता (Recall) गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिईएको वरिष्ठ औषधि व्यवस्थापक प्रमोद के.सि. ले जनाएको छ।

साथै उक्त व्याच नं. उल्लेख भएका औषधिहरुको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन समेत बिभागद्वारा जारी सुचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!