नेपालको विजयी शुरुवातः किर्गिस्तान १-० गोल अन्तरले पराजित

काठमाडौं, ५ फागुन २०८१ः

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत घरेलु टोलि नेपालले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले हराएको हो । नेपालको जितमा एकमात्र निर्णायक गोल विमला चौधरीले गरिन् ।

उनले खेलको ११ औं मिनेटमा गोल गरेकी हुन् । खेलमा नेपालले दबाब राखेपनि थप गोल गर्न भने सकेन । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब अर्को खेल बिहिवार लेबनानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!