नेवाः भाषा, पहिचान र सभ्यता माथि प्रहार गर्नेलाई नछोड्ने अभियन्ताहरुको चेतावनी
काठमाडौं, ५ फागुन २०८१ः
निकै चर्चित लोकप्रिय गायक कुमा सागरलाई लक्षित गरी हालै प्रसारित एक पोडकास्ट मार्फत नेवाः भाषालाई गलत रुपमा ब्याख्या गरी नेवाः हरुको मान मर्दन गर्न खोज्ने पोडकास्ट संचालक सहित ४ जना बिरुद्द काठमाडौ जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी दर्ता गरिएको छ।

सुशान्त प्रधान नामक सामाजिक संजाल युटुव च्यालन संचालन गर्ने सुशान्त प्रधान लगायत साजन श्रेष्ठ, उत्सब सापकोटा र सुजन जिम्बालाई पक्राउ गरी प्रचलित कानून वमोजिम हदै सम्मको कारवाही गरी पाउँ भनी प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको हो।
नेवाः सामाजिक अभियन्ताहरु रबि शाक्य, जिवनपति श्रेष्ठ, निरज वाडे, सन्जय शाक्य, सनिश श्रेष्ठ लगायतले दायर गरेको जाहेरीमा यहि माघ २८ गते सुशान्त प्रधान नामक सामाजिक संजाल युटुव च्यानलबाट विपक्षी सुशान्त प्रधान होष्ट भई संचालन गरेको ्पोडकास्टमा हाम्रो भाषा, पहिचान र सभ्यता माथि खलल पुग्ने गरी लोकप्रिय ख्याती प्राप्त गायक कुमा सागरलाई समेत बेईजत गर्ने कूनियतले निजहरुले अभिव्यक्ती दिएको उल्लेख छ।
गायक कुमा सागर गायक मात्र नभई नेवा सभ्यताकै पहिचान भएकोले उनि माथिको प्रहार आफ्नो समुदाय माथिको प्रहार सरह भएको हुँदा सो कार्य गर्ने निज विपक्षीहरु माथि कडा भन्दा कडा कारबाहीको माग उनीहरुले गरेको छ।
आफुहरु नेवाः सभ्यता र परम्परालाई जगेर्ना गर्ने कार्यमा विगत लामो समय देखी सशक्त रुपमा बिभिन्न अभियानहरु (गुठी आन्दोलन, सम्पदा संरक्षण अभियान, गैर कानूनी सडक विस्तार आन्दोलन) संचालन गरी नेवा सभ्यता माथि आंच आउने कुनै पनि कार्य बिरुद्ध आवाच उठाउदै आएका जनाउदै निबेदकहरुले नेवाः परम्परा, गित संगित, चार्डपर्व, कलासंस्कृती तथा मौलिकतालाई जोगाउदै आईरहेको बताएका छन।
