मध्यपुर थिमि, १० फागुन २०८१ः
मध्यपुर महोत्सब २०८१ लाई अभुतपुर्ब रुपमा सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पुर्णलाई मध्यपुर थिमि नगरपालिकाले घन्यबाद ज्ञापन गर्नुका साथै सम्मानपत्र प्रदान गरेको छ।
आज नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरेर धन्यबाद ज्ञापन गर्नुका साथै सम्मानपत्र प्रदान गरेको हो।
मध्यपुर थिमि नगरपालिकाले पुष १२, १३ र १४ गते आयोजना गरेको मध्यपुर महोत्सव-२०८१ लाई ऐतिहासिक रुपमा सम्पन्न गर्न बिशिष्ट योगदान पुर्याउनु हुने बिभिन्न खल:पुच, गूठी, स्थानिय सामाजिक संघ संस्थाहरु , निजि तथा सामुदायिक विद्यालयहरु, सांस्कृतिक समुहहरु, स्थानिय राजनैतिक दल, सुरक्षा निकायहरु, बिभिन्न ब्यक्तित्वहरुलाई आज सम्मान पत्र प्रदान गरेको हो।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय श्रेष्ठ, बागमति प्रदेश सभा सदस्यहरु लगायतले उक्त समानपत्र प्रदान गरेका थिए।
सोहि अबसरमा मध्यपुर महोत्सबका बिबिध गतिबिधिहरु समाबेश भएको मध्यपुर स्मारिका पनि बिमोचन गरिएको थियो।
स्मरण रहोस, मध्यपुर थिमि नगरपालिकाले गत पुस १२, १३ र १४ गते आयोजना गरेको मध्यपुर महोत्सब २०८१ करिब ७ लाख आगन्तुकहरुले अबलोकन गरेका थिए भने करिब रु ६ करोडको हाराहारीमा आर्थिक कारोबार भएको अनुमान गरिएको थियो।
फोटो फिचर:
सौजन्य: पवन श्रेष्ठ


