मध्यपुर थिमि, १० फागुन २०८१ः
स्वनिगः बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा नवौ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ८ महिला र ३१ पुरुष गरी जम्मा ३९ जना रक्तदाताहरुले रक्तदान गरेको कार्यक्रम संयोजक सोम तामाङ्गले जानकारी दिएका छन।
साकोसका अध्यक्ष चन्द्र गोपाल श्रेष्ठको सभापतित्वमा उकत कार्यक्रम सम्पन्न भएको थियो।

