चाँगुनारायणका पचास महिलाहरुलाई हातले कपडा बुन्ने तालिम

भक्तपुर, मदन ढुंगाना

भक्तपुरको चाँगुनारायण नगरपालिकाका महिलाहरुलाई हातले कपडा बुन्ने तालिम प्रदान गरिने कार्यक्रम शुभारम्भ भएको छ । महिला विकास केन्द्रको आयोजनामा चाँगुनारायणका करिब पचास महिलाहरुलाइ तालिम दिन लागिएको हो ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक बर्ष २०८१/ ०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत महिलाहरुको सिप विकासको लागि हाते होजियारी तालिम दिन लागिएको बागमती प्रदेश सभा सदस्य एंव नेकपा (माओवादी केन्द्र) कि केन्द्रीय सदस्य भुवनकेशरी श्रेष्ठले जानकारी दिईन् ।

उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा (माअ‍ेवादी केन्द्र) का केन्द्रीय सदस्य डि.पि ढकालले महिलाहरु आर्थिक अभावकै कारणले घरेलु हिंसाको शिकार हुनु परेको जोड दिदैँ तालिमले महिलाहरुको सिप विकास मात्र नभई आर्थिक समृद्धिमा समेत मद्दत गर्ने बताए ।

बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व संविधानसभा सदस्य उमा कपाली, नेकपा(माअ‍ेवादी केन्द्र) चाँगुनारायण नगर समिति सचिव चण्डिका लामिछाने, अनेमसंघ (क्रान्तिकारी) भक्तपुर अध्यक्ष राजेश्वरी सिल्पकार, वाइसियल नेपाल भक्तपुर अध्यक्ष सरराज उप्रेती लगाएत अन्य ६० महिलाहरुको उपस्थिति रहेको नेकपा (माअ‍ेवादी केन्द्र) चाँगुनारायण नगर समिति अध्यक्ष नरेश खड्काले जानकारी दिए ।

तालिम करिब एक महिनासम्म दिईने अनेमसंघ (क्रान्तिकारी) चाँगुनारायण अध्यक्ष चण्डिका पाण्डेले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!