उपमेयरमाथी हातपात, कारबाहिको माग
१४ फाल्गुन २०७९,
मध्यपुर थिमि।
विकास निर्माण कार्यको शुरूवात गर्ने क्रममा नगर उपप्रमुखमथि हातपात भएकाे छ ।
मध्यपुर थिमि नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तर्गत ढुङ्गा छपाइ कार्यको शुरुवातको क्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएकाे हो ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ५ बस्ने सुमन जोशी लगायतका समूहहरुले नगर उपप्रमुखमाथि हातपात गरेको जनाएकाे छ ।
नेकपा ( माओवादी केन्द्र) का नगर अध्यक्ष समेत रहेका उनलाई हातपात गरी घाइते बनाउने उद्देश्यले कुटपिट गरेको घटनाको पार्टिले भत्सर्ना गरेकाे छ ।
विज्ञप्तिमार्फत पार्टीले विकास निमाणको कार्यमा हातेमालो गरी अघि बढ्नु पर्नेमा यस्ता दुषित मनसाय राखेर घटना घटाउनु खेदजनक रहेकाे र नगर प्रमुख र उप प्रमुखको उपस्थितिमा भईरहेको विकास निर्माण कार्यमा आक्रमण हुनुले सम्पूर्ण विकास प्रेमी नगरवासीहरुको भावनामा ठेस पुगेको उल्लेख गरेकाे छ ।
पार्टीले उक्त घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न माग गरेकाे छ ।
बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना शुरु गर्ने क्रममा दुईपोखरी टोलमा ढुंगा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तिमहाकाल सडक उपभोक्ता समिति गठन भएकाे थियाे ।
साे कार्य शुरूवात गर्नका लागि सहजीकरण गर्न कार्य स्थलमा उपस्थित भई कार्य गरिरहेको अवस्थामा हातपात भएकाे जनाइएको छ ।
