सल्यान, फागुन १४, २०७९ः
शान्ति प्रक्रियाका सबै कार्यभार पूरा गर्न प्रचण्ड नेतृत्वमा राष्ट्रिय सहमती कायम हुने माअाेवादी केन्द्रका बरिस्ट उपाध्यक्ष कृष्ण बहादुर महराले बताउनु भएको छ।
महान जनयुद्धको २८औ बलिदान दिवसको अबसरमा नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) बागचाैर नगर समितिले सल्यानकाे थारमारेमा आयाेजना गरेकाे २८औ बलिदान दिवसको अवसरमा पार्टी उपाध्यक्ष महराले शान्ति प्रक्रियाका सबै बाँकी कार्यभार पूरा गर्ने प्रचण्डकाे नेतृत्वमा राष्ट्रिय सहमति हुने जिकिर गर्नुभएकाे हाे।
अहिले राष्ट्रिय राजनीतिले फरक रुप धारण गरेकाे जस्तो नेता कार्यकर्तामा महसुुस भएता राष्ट्रिय राजनीति त्यस्ताे नभएको प्रस्ट पार्नु भयाे। जनयुद्धकाे बलबाट प्राप्त संविधान संघियता समानुपातिक धर्म निरपेक्षता माअाेबादीका जनयुद्ध कालिन मुल एजेन्डा भएकोले यसलाई संस्था गत गर्नु भन्दा बिर्षजन तर्फ पुर्याउने बाह्य शक्तिहरुकाे चलखेल बढेकाले यसकाे निरुपण नै प्रचण्ड नेतृत्वमा राष्ट्रिय सहमति अहिलेकाे आबश्यकता भएको बताउनु भयाे।
बलिदान दिवस माअाेबादी पार्टीका नेता कार्यकर्ता सहिद परिवार बेपत्ता परिवार तथा अपांगता भएको याेद्धाहरुकाे लागि गाैरवकाे दिनकाे रुपमा मात्रै नभई अाज सहिदको सपना संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाल ,समानुपातिक ,समाबेशी धर्मनिरपेक्षता पक्षधरहरुकाे अपनत्व भएकोले जनयुद्धलाई राष्ट्रिय दिवसकाे रुपमा मनाउन सुरु माअाेबादी नेतृत्वकै सरकारले गरेकाले अब १४ हजार सहिद हरुलाई राष्ट्रिय सहिद रुपमा घाेषणा गर्न पहल गरिएको महराले बताउनु भयाे। अहिले पार्टी कस्ताे बनाउने भन्ने बहस भन्दा काे नेता बन्ने बहसले गर्दा पार्टी नेताहरूकाे मात्रै पार्टी बन्न लागेकाेले अब सबै नेता कार्यकर्ता जनतामा जानु पर्ने निर्देश दिनुभएको हाे। अहिले मध्य बर्गहरुले सहरिया राजनीति सुरु गरेकाले हुदाखाने बर्गकाे पार्टी नै माअाेबादी भएकोले सबै गाउँ फर्क अभियान सहित पार्टी निर्माणमा जुट्नु पर्ने बताउनु भयाे।
सल्यान जनयुद्धको अाधार क्षेत्र भएकोले सल्यान जिल्ला मानस्पटलमा रहेकाे र कागखाेला झन मानसपटलमा भएको बताउदै जनयुद्धमा जीवन बाचाउने कागखाेलाकाे घरमा पुगेर जनयुद्धको नयाँ जिवन सगै बलिदान दिवसले संघियता, संविधान, धर्मनिरपेक्षता, समानुपातिक समाबेशी व्यवस्थालाई संस्थागत गर्न माअाेबादी नेतृत्व सक्षम हुने बताउनु भयाे। सहिद परिवार तथा बेपत्ता परिवारले पार्टी निर्माणमा ठुलाे कुर्वानि गरेकाले यसबाट अलग हुन कुनै पनि माअाेबादी हरुलाई छुट नभएको बताउनु भयाे।
अब माअाेबादी जनलहर ०६४ मा फर्काउन नेताहरु जनतामाझ जान नसके माअाेबादी संख्यामा मात्रै सिमित हुदा गुणस्तर खस्किने भएकाले माअाेबदी संख्यामा मात्रै सितित नभएर गणस्तरमा पनि ख्याल गर्न सबै नेता कार्यकर्ता हरुलाई निर्देश गर्नु भयाे।
