मध्यपुर थिमि, १३, फागुन
बाबुकाजी श्रेष्ठ
नेपाल जेसीजको आयोजनामा Pre Induction तथा Lom Officer तालिम स्थानिय जन आर्दश क्याम्पसमा सम्पन्न गरेको छ ।
नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा थिमि जेसीसका पूर्व अध्यक्ष जेसी जीबन श्रेष्ठले प्रशिक्षण दिनुभएको उक्त तालिममा २५ जनाको सहभागीता रहेको थियो । जेसीजमा सदस्यता लिन नभई नहुने उक्त तालिममा सहभागी हुने सम्पूर्ण प्रशिक्षार्थीहरु जेसीजको सदस्यता प्राप्त गर्न योग्य रहेको कुरा प्रशिक्षक जेसी जीबन श्रेष्ठले बताउनुभयो ।
थिमि जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी पुजा श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षर्थीहरुलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा स्थानिय सरकार एवं संघ/संस्थाहरुसँगको साझेदारीमा बैठक प्रणाली तालिम दिने योजना रहेको आयोजकले जानकारी दिनु थियो । उक्त तालिममा थिमि जेसीज बर्ष २०२३ का वोर्ड पदाधिकारीहरुको उपस्थिति रहने बताउनुभयो । कार्यक्रम महासचिव जेसी उज्वल श्रेष्ठज्यूले संचालन गर्नु भएको थियो ।