“Reserve Antibiotics सम्बन्धि औषधी ब्यबसायी संघको छलफल कार्यक्रम सम्पन्न; सकारात्मक रुपमा समस्या समाधान गर्ने प्रतिबद्दता

काठमाडौ, ५ चैत्र २०८१ः

औषधी व्यवस्था विभागले जारी गरेको “Reserve Antibiotic हरु अस्पताल फार्मेसीबाट मात्र बिक्री वितरण गर्ने सुचनाको सन्दर्भमा नेपाल औषधी ब्यबसायी संघ, काठमाडौ शाखाले बिशेष छलफल कार्यक्रमको आयोजना गरेको छ।

नेपालमा औषधी व्यवसायको भविष्य नै शुन्यता तिर लम्किरहेको समयमा औषधी सल्लाहकार समितिको हवाला दिदै अति प्रयोग र दुरुपयोग विचको आंकडाको मुल्यांकन र भई आएको अति प्रयोगको समाधान नखोजी विशिष्ट विशेषज्ञ चिकित्सकको निगरानीमा मात्र प्रयोग हुने संवेदनशील प्रतिजैविक औषधिलाई सत्य र तथ्यभन्दा बाहिर गई खुद्रा औषधी पसलबाट Reserve Antibiotics हरुको बिक्री वितरणले अनुचित प्रयोग वा दुरुपयोग हुन सक्ने भनि काल्पनिक र कपोलकल्पित भाष्य प्रयोग गरी औषधी व्यवस्था विभागले मिती २०८१।११।२६ गतेका दिन WHO AWaRe अन्तर्गत रहेको Reserve Antibiotics लाई अस्पतालको फार्मेसीबाट मात्र बिक्री वितरण गर्ने भनि जारी गरेको सूचनाले औषधीको खुद्रा व्यवसाय माथि गरिएको प्रहार अनि दमन प्रति गम्भीर ध्यानाकर्षण गर्दै कार्यक्रममा ब्यापक छलफल गरिएको थियो।

बिभागको यस्तो सुचनाले अस्पताल वरपर खुद्रा औषधी पसल संचालन गरिरहनु भएका व्यवसायीहरुलाई प्रत्यक्ष असर र प्रभाव पर्ने भएकोले यस बारे औषधी व्यवस्था विभागमा यो सूचनाको अक्षरशः पालना नगर्न र नगराउनको लागि ध्यानाकर्षण गराई सकेको भन्दै छलफल कार्यक्रममा यो समस्यालाई सकारात्मक रुपमा समाधान गर्ने ब्यबसायीहरुले प्रतिबद्दता ब्यक्त गरेका संघका महासचिब शुभ मान श्रेष्ठ सुमनले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!