काठमाडौं, ६ चैत्र २०८१:
त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघले पहिलो पटक ऐतिहासिक जित हासिल गरेको छ ।
हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघलले एक मतले सभापतिमा जित हासिल गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विरासत भत्काएको हो।
नेविसंघकी विन्दु पोखरेलले अखिलकी मनकुमारी बुढालाई एक मतको अन्तरले पराजित गरेकी हुन्। पोखरेलले २५९ मत ल्याएर विजयी हुँदा बुढाले २५८ मत पाएकी छन् ।
सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन ।