अन्धकारका मतियारहरुलाई साबधान रहन मध्यपुर थिमि नगरउपप्रमुख बिजय श्रेष्ठको चेतावनी

मध्यपुर थिमि, ६ चैत्र २०८१ः
रत्न काजि प्रजापति

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालमा अब लोडसेडिङ रोक्न नसकिने अभिब्यक्ति दिए पछि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा नेकपा माओबादी केन्द्र मध्यपुर थिमि नगर कमिटिका अध्यक्ष बिजय कृष्ण श्रेष्ठले आक्रोस ब्यक्त गरेका छन। बुधबार रास्ट्रिय सभा बैठकमा उपस्थित हुदै मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालमा अब लोडसेडिङ रोक्न नसकिने बताएका थिए।

नौलिआयाम डटकम संग कुरा गर्नु हुदै उपप्रमुख श्रेष्ठले दैनिक १८ घण्टा लोडसेडिङ सहित अरवौं घाटामा रहेको नेपाल विधुत प्राधिकरणलाई कुलमान घिसिङ्ले लोडसेडिङ अन्त्य गर्नुका साथै अरबौ नाफामा पुर्याएको बताए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले कुलमान घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेपछी महिना दिन भित्रमा लोडसेडिङ अन्त भएको होईन ? श्रेष्ठले प्रश्न गरे। त्यसपछि नियमित रुपमा अरवौ नाफामा पुगेको प्राधिकरण अहिले सरकारको नेतृत्व परिवर्तन भएपछी नानाभाती कुरा गरेर लोडसेडिङ गर्न खोज्ने ? के स्वार्थ छ सरकार ? उनले आक्रोशित हुदै प्रश्न गरे।

श्रेष्ठले जनतालाई गुमराहमा पार्न नखोज भन्दै प्रश्न गरे, “हिजोको दिनमा भारतवाट विधुत आयात गरेको भरमा मात्र लोडसेडिङ अन्त भएको भए कसरी प्राधिकरण नाफामा गयो? के प्राधिकरणले विधुत बेचेर, निर्यात गरेर नाफा कमाएको होईन ? तिमिहरुलाई थाहा छैन ?

उनले अन्धकारका मतियारहरु कृत्रिम लोडसेडिङ गर्न खोजे जनताले नछाड्ने तथा जनताले अवश्य पनि सजाय दिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!