काठमाडौ, ७ चैत्र २०८१ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिका आर्थिक बर्ष २०८०/८१ मा वातावरण, संस्कृती र पर्यटन क्षेत्रमा मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ बाट सम्मानित हुन सफल भएको छ। नेपाल नगरपालिका संघको ३२ औँ स्थापना दिवसको उपलक्ष्यमा प्रधानमन्त्री के पि शर्मा ओलीले मध्यपुर थिमि नगरपालिकाले वातावरण, संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको र सो को उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ द्वारा सम्मान गरेको हो।

मध्यपुर थिमि नगरपालिकाले संस्कृति, सम्पदा संरक्षण गर्दै नगर भित्रका विभिन्न ऐतिहासिक मठमन्दिर, पाटी पौवा,सटल, देव घर, चैत्य ,विहार लगाएतका सम्पदा पुनर्निमाण तथा जिर्णोद्धार कार्यलाई निरन्तरता दिदै आएको छ । नगरपालिकाले पर्यटन विकासका साथसाथै स्थानियको जीवन स्तर उकास्नको निम्ती विभिन्न समयमा मेला महोत्सबहरु आयोजना गर्दै आईरहेको छ। केहि समय अगाडि मात्रै ३ दिने मध्यपुर महोत्सब भब्य रुपमा आयोजना गरेको नगरपालिकाले बाताबरण संरक्षणको क्षेत्रमा पनि उल्लेखनीय कार्यहरु गर्दै आईरहेको छ।

नगरपालिका संघले आफु र आफ्नो नगरपालिकाले गरेका कार्यहरुको मूल्यांकन गरि सम्मान गरेकोमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले खुशी ब्यक्त गर्नु भयो साथै उहाले सम्पुर्ण मध्यपुर बासीहरुलाई आभार तथा बधाई ज्ञापन गर्नु भयो।