नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ महाकाली शाखाको अध्यक्षमा कृष्णा कुमारी जोशी भट्ट

महेन्द्रनगर, ९ चैत्र २०८१ः

नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ महाकाली शाखाको अध्यक्षमा कृष्णा कुमारी जोशी भट्ट निर्वाचित हुनु भएको छ। शाखाको आज सम्पन्न सातौ साधारण सभा तथा चौथौ अधिबेशनबाट जोशी अध्यक्षमा नि्र्वाचित हुनु भएको हो।

संघका केन्द्रिय अध्यक्ष रितेश रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनले शाखाको उपाध्यक्षमा क्षेत्र कुमार नेपाल, सचिबमा इन्द्र राज भट्ट , सह- सचिबमा सन्तोष बहादुर सिंह र को्षाध्यक्षमा गिता कुमारी महरा निर्वाचित भएको छ।

त्यसैगरी सदस्यहरुमा हिम्मत ऐ्ठी, रतना वोहरा , भोगाराम राना , रमेश प्रसाद जोशी र मोहन चौधरी चुनिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!