यी हुन् नेवाः पत्रकार राष्ट्रिय दबूबाट पुरस्कृत पत्रकारहरु

मध्यपुर थिमि, ९ चैत्र २०८१ः
कृष्ण किसि

नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूको शनिबार मध्यपुर ठिमी भक्तपुरमा भएको १३ औं साधारण सभामा उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार मेट्रोएफएमका वरिष्ठ पत्रकार जुजुमान महर्जनलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको नगद राशी १० हजार रुपैयाँ रहेको छ । त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गरेका आठ भिक्षुमध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गरेको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार नेपाल मण्डल टेलिभिजनमा क्रियाशील ्रामराजा बज्राचार्यलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशी २० हजार रुपैयाँ रहेको छ । ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोतीशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गरेको ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार नेवाःएचडी टेलिभिजनका वरिष्ठ पत्रकार नवीन जोशीलाई प्रदान गरियो । यस पुरस्कारको नगद राशी २० हजार रुपैयाँ रहेको छ । देवशोभा कंसाकारद्वारा स्थापित ज्ञानज्योति–लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार भक्तपुरको जनसञ्चार टिभी, जनसञ्चार एफएमका सुरेशप्रसाद सैंजूलाई प्रदान गरियो । यो पत्रकारिता पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ । त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौंका फोटो पत्रकार मनोजरत्न शाहीलाई प्रदान गरियो । यस पुरस्कारको नगर राशी १० हजार रुपैयाँ रहेको छ । विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति पत्रकारिता पुरस्कार चितवनका पत्रकार निशा श्रेष्ठलाई प्रदान गरियो । उनीहरु सवैलाई वागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष्ँ समेत रहेका पुरस्कार छनौट समितिका संयोजक सुनील महर्जनले पत्रकारिता क्रियाशील, नेपाल भाषाको माध्यम पत्रकारिता, पत्रकारितामा संस्कृति, सम्पदा, समावेशीकरण, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैङ्गिक समावेशी, भौगोलिक र लगायत पक्षलाई आधारका रुपमा पुरस्कारका लागि ती पत्रकारहरुको नामावली सिफारिश गरेको बताए । कार्यक्रम दवूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!