भक्तपुरको यो यो पार्टी प्यालेसमा चोरी गर्ने ब्यक्तिहरु पक्राउ

भक्तपुर, १० चैत्र २०८१ः

भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं ५ स्थित यो यो पार्टी प्यालेसमा चोरी गर्ने ब्यक्तिहरु पक्राउ परेका छन। सो पार्टी प्यालेसबाट यहि चैत्र १ गते पितलको पानस चोरी भएको थियो।

चोरीमा संलग्न काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. २ अनैकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल बस्ने वर्ष २८ को अश्विन लामा र सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने वर्ष १९ को सुवास तामाङलाई चैत्र ८ गते प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारबाट चोरी भएको पित्तलको पानस र गाग्री सहित पक्राउ गरेको थियो।

निजहरुलाई जिल्ला अदालत भक्तपुरबाट चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरिक्षक ढुण्डीराज नेउपानेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!