पशुपंक्षी औषधी पैठारीकर्ता संघद्वारा बिभागिय सचिबको घ्यानाकर्षण

काठमाडौ, ११ चैत्र २०८१ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधी पैठारीकर्ता संघद्वारा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा.राजेन्द्र प्रसाद मिश्रलाई मन्त्रालयमा भेटी आफ्ना बिबिध समस्याहरुका बारेमा सहजिकरण गरिदिन ध्यानाकर्षण गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यहि माघ ८ गते पशु सेवा विभागबाट पशुपन्छी फिड सप्लिमेन्ट आयात सिफारिस लिनका लागु गरिएको NNSW माफर्त एक पटक अनलाईन भर्दा १० प्रोडक्ट मात्र अनलाईन भरी सोको मात्र सिफारिस लिन सकिने र सो भन्दा बढी प्रोडक्ट भएमा पुनः बाकी प्रोडक्टको अनलाईन गर्नुपर्ने व्यवस्थाबाट आयतमा पर्ने प्रभावलाई नबुझी लागु गरिएको भन्दै संघले गम्भिर ध्यानाकर्षण ्गरेको हो।

संघका अध्यक्ष रेवति रमण निरौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सचिब मिश्रलाई भेटी सो ब्यबस्थाबाट ब्यबसायीहरुले कागजात पेश गर्न समस्या, दुवानीको समस्या, SAFTA को समस्या, बैकिङ्ग समस्या लगायत एक पटकमा हुने कार्यलाई पटकपटक गर्नुपर्ने हुदाँ आयातमा आर्थिक भार अत्याधिक पर्न गै सो को आर्थिक भार किसानलाई पर्ने निश्चित ्भएकोले हाल लागु गरिएको व्यवस्थाई हटाई पहिलेकै व्यवस्था लागु गरिदिन अनुरोघ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!