काठमाडौँ, ११ चैत्र २०८१ः
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो। उर्जा मन्त्रालयले घिसिङलाई सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।
कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरे सँगै आजै मन्त्रिपरिषदको बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
