बझाङ्गको खप्तडछान्ना गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ, १३ चैत्र २०८१ः

बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६/७७ मा रकम विनियोजन गरी आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि काम नगरी १४ लाख आठ हजार ८१७ रुपियाँ भुक्तानी लिइ अनियमितता गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भीमबहादुर रोकायासहित सात जनाविरुद्ध मुद्दा दायर भएको हो।

उक्त मुद्दामा गाउँ कार्यपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर लेखापाल मदनराज जोशी, सिंचाई कुलो योजनाको उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायालाई विपक्षी बनाइएका छ । अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!