सिटी भेटेरिनरी अस्पतालमा तोडफोड: करिब ४० लाखको क्षति

काठमाडौं, १६ चैत्र २०८१:
रत्न काजि प्रजापति

हिजो राजावादीहरूको आन्दोलनका क्रममा तिनकुनेमा रहेको सिटी भेटेरिनरी अस्पतालमा तोडफोड भएको छ। आन्दोलनकारीहरूको आक्रमणका कारण अस्पतालमा करिब ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

अस्पताल प्रशासनका अनुसार, प्रयोगशालामा प्रयोग गरिने विभिन्न महँगा उपकरणहरू तोडफोड भएका छन्।

नगद तथा भ्याक्सिन चोरी
तोडफोडका क्रममा अस्पतालबाट लाखौं रुपैयाँ बराबरको नगद चोरी भएको छ। साथै, पशुहरूका लागि अत्यावश्यक विभिन्न प्रकारका भ्याक्सिनहरू समेत फ्रिजबाट निकालेर लगेको अस्पताल स्रोतले जनाएको छ।

अस्पताल सञ्चालकको प्रतिक्रिया
अस्पतालका सञ्चालक डा. महेश ठाकुरले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसले पशु स्वास्थ्य सेवामा गम्भीर असर पार्ने बताएका छन्। “पशुहरूको उपचारका लागि आवश्यक उपकरण र भ्याक्सिनहरू नष्ट हुँदा ठूलो क्षति भएको छ। यस्तो आक्रमण कुनै पनि हालतमा उचित होइन,” उनले भने।

डा. ठाकुरका अनुसार यस्तो घटनाले पशु सेवा क्षेत्रमा काम गर्ने संघसंस्थाहरूलाई गहिरो असर पुर्‍याउने बताए।

सोहि घटनालाई लिएर नेपाल भेटेरिनरी एसोसिएसनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै खेद प्रकट गरेको छ। एसोसिएसनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीका साथै पिडितलाई उचित क्षतिपूर्तिको माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!