डिजिटल पत्रकारिता र एआई विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

मध्यपुर थिमि, १५ चैत २०८१ः

नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको आयोजनामा ‘डिजिटल पत्रकारिता र एआई’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मध्यपुर थिमी नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा डिजिटल पत्रकारिता तथा एआईको प्रयोग, अवसर र चुनौतीबारे छलफल गरिएको थियो।

पत्रकारिता क्षेत्रमा प्रविधिको बढ्दो प्रभावबारे जानकारी गराउने उद्देश्यसहित आयोजित कार्यक्रममा करिब ४५ जना पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले डिजिटल पत्रकारिताको भविष्य, एआई प्रविधिको सही उपयोग र सम्भावित जोखिमबारे गहन छलफल गरेका थिए।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले प्रविधिमैत्री पत्रकारिता विकास गर्न यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!