शंखधर पार्क निर्माण गुरु योजना उपभोक्ता समिति उत्कृष्ट उपभोक्ता समिति
मध्यपुर थिमि, १४ चैत्र २०८१ः
मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवस सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य माननीय दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।
हिडेरै सगरमाथा बेस क्याम्प (ईबीसी) सम्म पुगेर रास्ट्रिय किर्तिमान कायम गरेका मध्यपुर थिमि ७ नगदेशका जुम्ल्याहा दाजुभाई त्रिजल कौरी (कवाडी) र त्रिनेश कौरी (कवाडी)लाई सो अबसरमा सम्मान गरिएको थियो।
सोहि अबसरमा नगरपालिकाका उत्कृष्ट कर्मचारीको रुपमा तुल्सी भक्त तको, नियमित करदाता-जगदिश किराना पसल , उत्कृष्ट उपभोक्ता समिती-शंखधर पार्क निर्माण गुरु योजना उपभोक्ता समिति, उत्कृष्ट सामुदायिक विद्यालय तर्फ आदर्श मा.वि (सानोथिमी), संस्थागत विद्यालय तर्फ मातृभुमी बिद्यालय, इन्द्रजात्रामा जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने ब्यक्ति-विरेन्द्रभक्त गजु श्रेष्ठ तथा बिस्का जात्रामा बोदेमा जिब्रो छेड्ने सुजन बाग श्रेष्ठ , नेवा आइदल सिजन २ का बिजेता -आश्रेय रन्जित, सेवा निर्बित्त कर्मचारीहरु पुर्ण ज्योती शाक्य, रामे खत्री, गंगा थापा, कुमार पौडेल तथा हिरा काजी ्तथा प्रत्येक वडाका २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।
