शंखधर साकोसद्वारा १५ औं बृहत रक्तदान कार्यक्रमको आयोजनाः ४४ स्वयंसेवी द्वारा रक्तदान

मध्यपुर थिमि, १६ चैत्र २०८१ः

६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औं बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। भक्तपुर रेडक्रसको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा ४४ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्, जसमा १२ जना महिला र ३२ जना पुरुष सहभागी थिए।

मध्यपुर थिमि शंखधर चोकमा आयोजित कार्यक्रममा सहकारीका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजक शंखधर बचत तथा ऋण सहकारी संस्थाले रक्तदान जस्तो पुण्य कार्यलाई प्रवर्द्धन गर्दै आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। रक्तदानमा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!