मध्यपुर थिमि, १६ चैत्र २०८१ः
सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजसेवाको भावनाका साथ आयोजित उक्त कार्यक्रममा ३२ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।
मध्यपुर थिमि भुलांखेलमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, सहकारी सदस्यहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। जिल्लामा रगतको अभाब हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको साकोसले जनाएको छ।
रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई मायाको चिनो प्रदान गरिनुका साथै उनीहरूको योगदानको सराहना गरिएको थियो। आयोजकका अनुसार यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य राखिएको छ।

