निर्वाचनमा हुने गठबन्धनको कारण महिला सहभागिता घट्यो- पूर्वराष्ट्रपति भण्डारी

रुपन्देही, १६ चैत्र २०८१ः

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका बेला हुने राजनीतिक दलहरुबीच हुने गठबन्धनका कारण कतिपय अवस्थामा महिला सहभागीताको अनुपात घटेको बताउनु भएको छ । उहाँले संवैधानिक प्रावधानविपरीत महिला सहभागीताको अनुपात घटेको देखिएको बताउनु भयो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरुको अन्तरसम्वाद कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनमासमाजमा गहिरो जरा गाडेको पुरानो पितृसत्तात्मक सोचका कारण महिलाहरु अझै पनि सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक र आर्थिक रुपमा पछाडी परेको अवस्था भएको उहाँको भनाइ छ ।

‘बालविवाह, बहुविवाह, दाइजो, छाउपडी, बोक्सीको आरोप जस्ता महिलाविरोधी सामाजिक परम्परा अहिले पनि समाजमा विद्यमान देखिन्छ, ’पूर्वराष्ट्रपति भण्डारीले भन्निुभयो –‘समाजमा सिर्जना गरिएका विभेद हटाइ न्यायपूर्ण एवं समतामूलक निर्माणका लागि महिला र पुरुष दुवैको समान सहभागीता आवश्यक छ ।’

पुर्व राष्ट्रपति भण्डारीले महिला सशक्तिकरण र लैंगिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्वकै लागि प्रेरणादायी भएको बताउनुभयो । अहिलेको संविधानले महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेशको समग्र विकासमा महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको पूर्वराष्ट्रपति भण्डारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!