राम्रा र जायेज मागहरु सहित शिक्षा समितिमा छलफल गर्ने प्रमुख श्रेष्ठको प्रतिबद्दता

भक्तपुर, २० चैत्र २०८१ः
कृष्ण किसि

अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकोले शुल्क निर्धारण लगायत शिक्षासंग सरोकार राख्न पाउने गरी शिक्षा समिति वा शुल्क निर्धारण समितिमा सहभागी हुनुपर्नेबारे ज्ञानपपत्र मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई वहाँको कार्यकक्षामा बुधबार हस्तातरण गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख सुरेन्द्र श्रेष्ठले राम्रा र जायेज मागहरु राखी शिक्षा समितिमा छलफल गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले संस्थागत विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने गरी भौतिक पूर्वाधार निर्माणको लागि सरकारले दिएको एक करोडमा थपेर १५ करोड रुपैंया विनियोजन गरी विद्यालय भवन निर्माण गरिरहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालय गुणस्तर राम्रो भएकैले यस बर्षमात्र ३४०० विद्यार्थी बढेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयका शिक्षाहरु पुरानै मोडेलबाट अध्यापन गर्दा नयाँ प्रविधिको लागि काठमाण्डौं युनिभर्सिटिका प्राध्यापकहरुबाट तालिम दिएको बताउनुभयो । उहाँले अभिभावकहरुमा पनि सामुदायक विद्यालय भन्ने वित्तिकै नाक खुम्चाउने गरेको बताउँदै शिक्षक समायोजन गर्न खोज्दा ठूलै दबावका बावजुद पनि विद्यालयमा एकजना शिक्षक कुहेको आलु जस्तो भए सबै कुहिने भएकोले त्यस्ता शिक्षकहरुलाई सचेत गराउन शिक्षक समायोजनको लागि निष्पक्षताको लागि कमिति बनाएर त्यसबाट आएको निष्कर्ष अनुसार हुने बताउनुभयो । उहाँले निजि विद्यालयले पौडि पोखरी बनाएको रकम समेत विद्यार्थीसंग असुलेको बताउँदै भोलि विद्यालयका मालिकहरुले हेलिक्याप्टर किनेमा विद्यार्थीहरुसंग नै रकम असुल्ने होकि भनि प्रतिप्रश्न गर्नुभयो ।

कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले नयाँ शैक्षिक सत्र सुरु हुन केहि दिनमात्र बाकी भएकोले नयाँ भर्ना अभियान, शुल्क निर्धारण, पाठ्यपुस्तक, विद्यालय पोशाक लगायतको विषयमा स्थानीय सरकारले टुङ्गो लगाउन अभिभावकको प्रतिनिधि राखेर मात्र निर्णय गर्नुपर्ने बताउँदै शुल्क निर्धारण लगायत विषयमा प्रत्यक्ष सरोकार राख्ने ८० लाख विद्यार्थीका अभिभावकहरुको सहभागितामा अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले अभिभावकहरुलाई स्थानीय तहको शिक्षा समिति वा शुल्क निर्धारण समिति बाहिर राखेर शिक्षालाई अगाडि बढाउन खोज्नु हातखुट्टा बाँधेर दौडाउनु वा लंगडो घोडालाई दौडाएर प्रतिस्पर्धामा सफल हुने दिवास्वप्न जस्तै हुने बताउनुभयो ।

कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुरका पूर्व अध्यक्ष मणिरत्न बज्राचार्यले शिक्षामा भई रहेको चर्को शुल्क बृद्धि भएकोले शुल्क निर्धारण समितिका अभिभावक संघको प्रतिनिधि हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख अभिभावक संघ नेपाल भक्तपुरका बरिष्ठ उपाध्यक्ष राम सुवाल, सचिव आशराम सुवाल, कोषाध्यक्ष कृष्ण प्रसाद दुमरु, सदस्यहरु सन्तराम दुलाल, राजाराम दाहाल, कन्यामन्दिर प्रजापति, पद्मा श्रेष्ठा र राजकुमार लघुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!