श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ मध्यपुर थिमिको राधेराधेमा सुरु

मध्यपुर थिमि, २१ चैत्र २०८१ः
कृष्ण किसि

मानव कल्याण समाज भक्तपुरले आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजबाट सुरु भएको छ ।

महायज्ञको शुभारम्भको क्रममा राधेराधेस्थित महायज्ञस्थलबाट सुरु भएको कलश यात्रा मध्यपुर थिमिको वडा नं. ५ देखि ९ सम्मको बिभिन्न क्षेत्रको परिक्रमा गरि महायज्ञस्थलमा आएर समापन भएपछि पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले उद्घाटन गर्नुभयो ।

समाजले हाल भक्तपुरको झौखेलमा एउटा टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालन पोषण गर्दै आएको छ । समाजका सचिव बिजय कुमार पोखरेलका अनुसार, मानव कल्याण समाजले काठमाडौको पशुपति, काभ्रेको पनौती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरि ५०५ जनालाई खाना, नाना, छाना, स्वासथ्य उपचारसहितको सेवा दिदै आएको छ ।

दुई हजार एक सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुर्नस्थापना गरिसकेको समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी सुमि मानवले जानकारी दिनुभयो । भक्तपुरबाट शुरु भएको अभियान अन्तर्गत अन्यत्रका पाँच शाखामा स्थायी÷अस्थायी संरचनाको व्यवस्था भएपनि भक्तपुरमा भाडाको साँघुरो घरबाट सोवादिन कठिनाई भएपछि महायज्ञमार्फत सहयोग संकलन गरेर स्थायी बसोवासको व्यवस्था मिलाउँन लागिएको अध्यक्ष मानवले जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसंगै सुरु भएको महायज्ञ २७ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक गोपी न्यौपानेले जानकारी दिनुभयो ।

‘२०७२ सालदेखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेका थियौ, अहिले झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे बुबाआमा राखेर नाना, खाना र छानाको व्यबस्था गरेका छौँ, अध्यक्ष मानवले भन्नुभयो, ‘समाजले

अहिलेसम्म १५१ जना अनाथ बालबालिकालाई काभ्रेमा राखेर पठन पाठन र संगै सबै जिम्मेवारी उठाएका छौँ, अहिलेसम्म हामीले २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी सकेका छौँ, कतिले सेवा घरमै प्राण त्याग्नु भयो, कतिलाई पारिवारिक पुर्नमिलन गरायौ, यो दायित्वलाई स्थायीत्व दिन महायज्ञ आयोजना गर्न लागेका हौ ।

PC: Naresh ranjit

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!