काठमाडौँ, २४ चैत्र २०८१ः
मोबाइल व्यवसायमा संलग्न युवाहरुको पेशागत संगठन नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट रघु त्रिपाठी अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्रिपाठीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा राम नारायण दास, महासचिवमा बाल नरसिंह कुँवर, सचिवमा नवीन बाँस्तोला, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा विनोद केसी चयन हुनुभएको छ।
त्यसैगरी, सदस्यहरुमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत, तथा निशान्त कुमार अग्रवाल निर्वाचित हुनुभएको छ।