“ढुक्क भएर लगानी गर्नुस्!” – प्रधानमन्त्री ओली

काठमाडौँ, २७ चैत्र २०८१ः

“देशमा अब स्थायित्व छ, ढुक्क भएर लगानी गर्नुस्,” प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ।

नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले विज्ञान, प्रविधि र प्रतिस्पर्धी सोचसँगै उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभयो। सूचना प्रविधिको सकारात्मक प्रयोग, कृत्रिम बौद्धिकताको सदुपयोग र उत्पादन वृद्धिमा लाग्न उहाँले जोड दिनुभयो।

“गालीगलौज र भ्रम फैलाउन होइन, सेवा र सुविधा दिन प्रविधिको प्रयोग होस्,” प्रधानमन्त्रीको भनाइ थियो। बाह्य र संयुक्त लगानीको स्वागत गर्दै उहाँले थप्नुभयो, “देशमा हरेक क्षेत्रमा सम्भावना छ। लगानीकर्तालाई तपाईंहरूले विश्वास दिलाउन सक्नुपर्छ।” उहाँले चेम्बर संस्थाले सरकारलाई आर्थिक नीति निर्माणमा दिएको साथको प्रशंसा गर्दै, भ्रष्टाचार नियन्त्रणमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न उद्यमीलाई अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि सार्वजनिक गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!