दत्तात्रयदेखि पाँचतले मन्दिरसम्म प्रभातफेरी तथा हस्ताक्षर कार्यक्रम सम्पन्न

भक्तपुर, २७ चैत्र २०८१ः

लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको तीन महिने अभियान अन्तर्गत आज बिहान दत्तात्रयदेखि पाँचतले मन्दिर प्राङ्गणसम्म प्रभातफेरी तथा हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भएको प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित विभिन्न सरकारी कार्यालय प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, यातायात व्यवसायी संघ, तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य युवाहरूलाई लागू औषधको दुष्परिणामबारे सचेत गराउँदै समाजमा सकारात्मक सन्देश फैलाउने रहेको आयोजक पक्षले जनाएको छ। प्रभातफेरीपछि सहभागीहरूले पाँचतले मन्दिर प्राङ्गणमा हस्ताक्षर गरेर अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।

जिल्ला प्रशासन कार्यालयका अनुसार आगामी दिनहरूमा पनि यस्ता चेतनामूलक कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गरिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!