मध्यपुर थिमिमा सम्पन्न भयो खुल्ला धिमे बाजा प्रतियोगिता: राज गणेश धिमे खल: प्रथम

मध्यपुर थिमि, २८ चैत्र २०८१ः

मध्यपुर थिमि नगरपालिका तथा श्री नित्यनाथ धिमे खल: को सहकार्यमा आयोजित खुल्ला धिमे बाजा प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। थिमिको सांस्कृतिक समृद्धि झल्काउने यस प्रतियोगितामा थुप्रै धिमे खल: हरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रतियोगितामा मध्यपुर थिमिको राज गणेश धिमे खल: ले उत्कृष्ट प्रस्तुति सहित प्रथम स्थान हासिल गर्न सफल भयो। श्री नास: धिमे खल: ले दोस्रो स्थान, सिवा सायमी खल: ले तेस्रो स्थान तथा नेवाः देय् दबु ले चौथो स्थान प्राप्त गरे।

त्यस्तै, दमदार प्रस्तुती ्प्रस्तुत गरेर दर्शकहरु तथा जजेजहरुको मन जित्न सफल ताथली धिमे खल: लाई “जजेज च्वाइस अवार्ड” बाट सम्मानित गरिएको छ।

कार्यक्रम आयोजकहरूका अनुसार प्रतियोगिताको उद्देश्य मौलिक नेवारी संगीत तथा परम्परागत धिमे बाजाको संरक्षण र प्रवर्द्धन गर्नु रहेको थियो। साथै, यस्ता प्रतियोगिताले युवापुस्तामा सांस्कृतिक चेतना बढाउने विश्वास व्यक्त गरिएको छ।

स्थानिय समुदायको उत्साहजनक उपस्थिति र सहभागी खल: हरूको लयबद्ध प्रस्तुतिले सम्पूर्ण कार्यक्रमलाई उल्लासमय बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!