सलचा प्याखःका गुरु बेखालाल भासिमा सम्मानित

मध्यपुर थिमि, २८ चैत्र २०८१ः

मध्यपुर थिमि नगरपालिका वडा नं. ५, पोबु निवासी तथा विश्वप्रसिद्ध सलचा प्याखः का गुरु बेखालाल भासिमा लाई सांस्कृतिक योगदानको कदर गर्दै सम्मान गरिएको छ।

खुल्ला धिमे बाजाः प्रतियोगिता २०८१ को अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रमुख अतिथि तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गुरु भासिमालाई सम्मान प्रदान गरेको हो।

गुरु बेखालाल भासिमाले नेवारी सांस्कृतिक सलचा प्याखः लाई ्निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेका छन्। उनले सांस्कृतिक संरक्षण तथा पुस्तान्तरणको क्षेत्रमा पुर्‍याएको योगदान अमूल्य रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले भासिमाको योगदानको उच्च प्रशंसा गर्दै भने, “हाम्रा संस्कृति बचाइ राख्ने यस्ता व्यक्तित्वहरू नै हाम्रो समाजका सच्चा प्रेरणाका स्रोत हुन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!