मध्यपुर थिमि नगरपालिकाद्वारा भू-स्खलन संरक्षण कार्यको ठेक्कामा दुई कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत

मध्यपुर थिमि, २९ चैत्र २०८१ः

मध्यपुर थिमि नगरपालिकाले वडा नं. ८ बोदेमा संचालन गर्न लागेको Bhangu Landslide Protection Works (भाङ्गु भू-स्खलन संरक्षण कार्य) का लागि आह्वान गरिएको बोलपत्र प्रक्रियामा दुई निर्माण कम्पनीको प्राविधिक प्रस्ताव सफल ठहरिएको छ।

नगरपालिकाले २०८१ साल माघ १३ गते सार्वजनिक बोलपत्र आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये मूल्यांकन पश्चात दोलखा स्थित Mahagauri Ganesh Nirman Sewa Pvt. Ltd. र ्मध्यपुर थिमि स्थित New National Nawa Nirman J.V. का प्रस्तावहरू प्राविधिक रूपमा सफल भएको जनाइएको छ।

नगरपालिकाका अनुसार, यी दुई कम्पनीका आर्थिक प्रस्तावहरू आगामी २०७८ वैशाख ४ गते, मध्यपुर थिमि नगरपालिकाको कार्यालयमा दिउँसो १ बजे सार्वजनिक रूपमा खोलिनेछ।

स्रोतका अनुसार, योजना पूर्ण पारदर्शिता र प्रतिस्पर्धात्मक प्रक्रियामार्फत अघि बढाइएको हो। भू-स्खलन रोकथामको यो परियोजनाले बोडे क्षेत्रमा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!