साढे तीन दशकदेखि निरन्तर सेवालाई अङ्गालेको पशु औषधि पसल: सेवा एग्रीभेट सप्लायर्स

रामप्रसाद फुयालद्वारा सञ्चालित पसल अझै सक्रिय, अहिले छोरा नारायण फुयालको व्यवस्थापनमा

बालाजु, काठमांडौ, १० बैशाख २०८२ः

साढे तीन दशक भन्दा पुरानो एक भेटेरिनरी औषधि पसल आज पनि निरन्तर सेवामा लागिरहेकै छ। २०४६ सालमा विष्णु चापागाईं र जग्गनाथ चापागाईंसँग मिलेर सुरु गरिएको पसलले पशुपालक तथा कुखुरा पालक किसानलाई सेवा दिन थालेको थियो।

सुरुवाती दुई वर्ष साझेदारीमा सञ्चालन भए पनि २०४८ सालदेखि रामप्रसाद फुयालले एकलरूपमा पसलको जिम्मेवारी सम्हाले। कडा मेहनत र इमानदारीपूर्वक सेवा प्रवाह गर्दै आएका फुयालले त्यसबेलादेखि पशुपालक समुदायबीच विश्वासको पर्याय बन्न सफल भएका छन्।

हाल उक्त पसलको जिम्मेवारी उनका छोरा नारायण फुयालले सम्हालिरहेका छन्। पिता संगसंगै यो पेशामा पसेका ५२ वर्षीय नारायणले पनि पिता रामप्रसादकै बाटो पछ्याउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिन निरन्तर लागिरहेका छन्।

पोल्ट्री किसानलाई लक्षित सेवाहरू सुलभ रुपमा उपलब्ध गराउँदै आएको यो पसल हालसम्म अबिछिन्न रुपमा सञ्चालनमा रहेको छ। स्थानीय किसानहरूका लागि यो पसल मात्र व्यापारिक केन्द्र नभई आवश्यक परामर्श र सहायताको स्रोत समेत बनेको छ।

“हामी ग्राहकसँगको सम्बन्धलाई पैसाको व्यापार मात्र होइन, विश्वासको सम्बन्ध मान्छौं,” नारायण फुयाल भन्छन्, “त्यही भएर होला,साढे तीन दशकपछि पनि हाम्रा ग्राहकहरू पुरानै छन्, र नयाँ अनुहारहरू पनि थपिंदै छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!