प्रचण्डद्वारा राप्ती नदी कटान क्षेत्रको निरीक्षण

नेपालगञ्ज , १४ बैशाख २०८२ः

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेस्थित राप्ती नदी कटान प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ।

तराई मधेश जागरण अभियानअन्तर्गत बाँकेको फत्तेपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न जाने क्रममा प्रचण्डले नदी कटान क्षेत्र अवलोकन गर्नुभएको हो।

राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी गाउँपालिका–६ र ७ तथा नरैनापुर गाउँपालिका–५ र ६ का बस्तीहरू प्रभावित हुँदै आएका छन्। तटबन्ध निर्माण नहुँदा समस्या थपिदै आएको हो। हाल संघीय सरकारबाट विनियोजित बजेटमार्फत तटबन्ध निर्माणको काम थालिएको छ।

अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले उपलब्ध बजेटबाट कामलाई तीव्रता दिन आयोजनाका प्रमुखलाई निर्देशन दिनुका साथै थप बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पूर्व मन्त्री तथा माओवादी स्थायी समिति सदस्य महेश्वर गहतराज ‘अथक’, पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी, पूर्व लुम्बिनी प्रदेश मन्त्री कृष्ण केसी ‘नमुना’ र वडा नं. ७ का वडाध्यक्ष रामलखन थारूले अध्यक्ष प्रचण्डलाई नदी कटान, डुबान समस्या र तटबन्ध निर्माणमा भइरहेको ढिलाइबारे जानकारी गराउनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!