नेवाः परम्पराको जगेर्नामा नारायण भजन मण्डल: सामूहिक ईहि कार्यक्रम सम्पन्न

मध्यपुर थिमि, १७ वैशाख २०८२:

अक्षयतृतीयाको पावन अवसर पारेर मध्यपुर थिमि ईनाए टोलमा रहेको नारायण भजन मण्डलको आयोजनामा ९० भन्दा बढी कन्याहरुको सामूहिक ईहि (बेल बिबाह) विधिपूर्वक सम्पन्न गरिएको छ।

नेवाः समुदायमा महिलाको पहिलो धार्मिक कर्मकाण्डका रूपमा मानिने ईहि परम्परालाई संरक्षण गर्ने उद्देश्यले नारायण भजन मण्डलले पाँच दशकदेखि सामूहिक बेल बिबाह कार्यक्रम गर्दै आइरहेको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै मण्डलका सक्रिय सदस्य विद्याराम श्रेष्ठले भने, “यो परम्परा जगेर्ना गर्नु हाम्रो धर्म र जिम्मेवारी हो। हामीले वर्षौंदेखि यो कार्यलाई निरन्तरता दिँदै आएका छौं ।

सामूहिक ईहि कार्यक्रमले न केवल धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा टेवा पुर्‍याइरहेको छ, तर सामाजिक सद्भाव र एकताको सन्देश पनि फैलाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!