वाईसियल नेपाल भरतपुर–४ को वडा सम्मेलन सम्पन्नः अध्यक्षमा क. सन्दिप खराल

भरतपुर, १७ बैशाख २०८२ः
शिब बराल

योङ कम्युनिस्ट लिग नेपाल, भरतपुर महानगरपालिका वडा नं. ४ को वडा सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। संगठन विस्तार तथा सुदृढीकरणका उद्देश्य सहित आयोजित भेलाबाट २५ सदस्यीय नयाँ वडा कमिटी चयन गरिएको छ।

नबनिर्वाचित कमिटीको अध्यक्षमा क. सन्दिप खराल निर्वाचित भएको छ भने ईन्चार्जमा क. आकाश गुरुङलाई तोकेको छ। कमिटीमा उपाध्यक्षहरुमा क. हाकिम बासु पन्थी, क. महेश कडेल, क. सन्तोष न्यौपाने र क. सिमन गैरे चयन भएको छ।

त्यसैगरी, क. हिमाल क्षेत्री सचिव, क. बादल गुरूड कोषाध्यक्ष र क. विश्वास गैरे तथा क. किरण कंडेल सह–सचिवको रूपमा चयन भएका छन्।

नवगठित कमिटीमा सदस्यहरुमा क. अर्जुन न्यूरे, क. मनोज नेपाली, क. केबल कडेल, क. श्रीकृष्ण सापकोटा, क. मनोज बाचे मगर, क. आनन्द बानिया, क. दीक्षा कडेल र क. सीता सुनार चयन भएका छ्न।

कार्यक्रममा वडा कमिटीका अध्यक्ष क. नरनारायण कडेल प्रमुख अतिथि र संगठनका वरिष्ठ उपाध्यक्ष क. टिकाराम सापकोटा विशिष्ट अतिथिको रूपमा सहभागी थिए। भेलाले YCL लाई संगठनात्मक रूपमा अझ सशक्त बनाउँदै युवालाई देश निर्माणको दिशामा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!