खमबहादुर गर्बुजा राज्यमन्त्री नियुक्त

काठमाडौँ, १७ बैशाख २०८२ः

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहँलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर (कान्छाराम) तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!