१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ, १८ बैशाख २०८२:

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) आज नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ को मे १ मा अमेरिकाको सिकागोमा सुरु भएको श्रमिक आन्दोलनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। सो आन्दोलनमा सिकागोको हेय मार्केटमा भएको बम विस्फोट र प्रहरीको गोलीका कारण सात मजदुरको ज्यान गएको थियो।

यस आन्दोलनले अन्ततः श्रमिक हकअधिकार र कामको समयमा व्यापक सुधार ल्याएको थियो। त्यसैको सम्मानमा सन् १८८९ मा फ्रान्सको पेरिसमा आयोजित श्रम संगठनहरूको सम्मेलनले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

नेपालमा विसं २००३ मा विराटनगरमा भएको श्रमिक आन्दोलन र विसं २००७ को राजनीतिक परिवर्तनपछि श्रमिक दिवस मनाउने चलन सुरु भएको हो। राजनीतिक परिवर्तनपछि विसं २०४६ देखि यो दिवसमा सार्वजनिक बिदा पनि दिइँदै आएको छ।

आजको दिनमा नेपालभर विभिन्न मजदुर संगठनहरूले ¥याली, सभाजस्ता कार्यक्रम आयोजना गरी श्रमिक अधिकारका विषयमा जनचेतना फैलाइरहेका छन्। यस दिवसलाई श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार सुनिश्चित गर्ने अवसरको रूपमा लिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!