काठमाडौं, १९ बैशाख २०८२:
नेपाल लेयर्स कुखुरापालक संघले बैशाख २० गते शनिबारदेखि लागू हुने गरी अण्डाको समर्थन होलसेल मूल्य सार्वजनिक गरेको छ। संघको भौतिक तथा भर्चुअल माध्यमबाट काठमाडौंमा सम्पन्न बैठकपछि नयाँ मूल्य निर्धारण गरिएको हो।

संघका सचिव मदन पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार देशभर लागू हुनेगरी निर्धारण गरिएको होलसेल मूल्य निम्नानुसार रहेको छ:
१. XL अण्डा – रू. ३,४०० प्रति बक्स
२. ठूलो अण्डा – रू. ३,२२५ प्रति बक्स
३. मिडियम अण्डा – रू. २,८५० प्रति बक्स
संघले सम्पूर्ण कारोबारकर्ताहरुलाई तोकिएको मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ। काठमाडौं सहित देशभरका अण्डा होलसेलर तथा व्यावसायिक निकायले यस मूल्यसूचीलाई आधार मान्नुपर्ने संघले स्पष्ट पारेको छ।