भेटेरिनरी औषधी व्यवसायीहरूका लागि तीन दिने आचारसंहिता सचेतना तालिम शुरु

ललितपुर, १९ बैशाख २०८२ः
रत्न काजि प्रजापति

भेटेरिनरी औषधी पसल सञ्चालकहरूलाई लक्षित गर्दै एन्टिबायोटिक, हर्मोन लगायतका औषधीहरूको बिक्री वितरण सम्बन्धी आचारसंहिता विषयक तीन दिने सचेतना तालिम शुरु भएको छ।

बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडाको आयोजनामा बैशाख १९ गतेदेखि २१ गतेसम्म ललितपुरको लगनखेलस्थित पशु सेवा तालिम केन्द्रमा तालिम सञ्चालन हुनेछ। नेपाल पशुपन्छी औषधी व्यवसायी संघ बागमती प्रदेश कार्य समिति, बाफल काठमाडौंको सहकार्यमा कार्यक्रम भएको हो।

कार्यक्रममा एन्टिबायोटिकको सही प्रयोग, अनावश्यक हर्मोन बिक्री नियन्त्रण, औषधीको जिम्मेवार वितरण प्रक्रिया तथा व्यावसायिक आचारसंहिताका विषयमा व्यापक छलफल तथा प्रशिक्षण प्रदान गरिने छ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका डा. गौरीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पशु सेवा विभागका सहसचिव डा. सुजन रानाले उपस्थिति जनाउँदै औषधी व्यवसायमा नियमन र जिम्मेवारीको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपम FAO Nepal ECTAD Team Leader डा. सुरेन्द्र कार्की थिए भने अतिथिको रुपमा पशु सेवा तालिम केन्द्र, लगनखेलकी प्रमुख डा. सजिना ज्ञवाली, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ, बागमती प्रदेश समिति अध्यक्ष ईश्वर कुमार थापा, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ, बागमती जिल्ला शाखा अध्यक्ष रमेश अधिकारी, केन्द्रिय रिफरल भेटेरिनरी प्रयोगशालाका पशु चिकित्सक डा. प्रकाश अधिकारी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयकी डा. सलिना श्रेष्ठ लागायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले यस्ता तालिमले व्यवसायमा पारदर्शिता, जनस्वास्थ्य र पशु स्वास्थ्यको सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!