प्रदेश १ को नाम कोशी प्रदेश कायम

१७ फाल्गुन २०७९:

काठमाडौँ- प्रदेश १ को नाम कोशी प्रदेश कायम भएको छ । प्रदेशसभाको आज बसेको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गरेको हो ।

प्रदेशको नाम कोशी प्रदेश राख्ने पक्षमा ८२ जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।

कोशी प्रदेश नाम राख्ने प्रस्तावको विपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेशसभा सदस्य भने अनुपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!