राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवसमा राष्ट्रपति पौडेलबाट सम्मान
काठमाडौं, २२ बैशाख २०८२ः
राष्ट्रिय सूचना आयोगले १८औं स्थापना दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिका, भक्तपुरका सूचना अधिकारी श्री केशव सिलवाललाई “उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०८२” प्रदान गरेको छ।

सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै आयोगले उनलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित समारोहमा सिलवाललाई पुरस्कार प्रदान गरिएको हो।
आयोगले सूचना अधिकार प्रवर्द्धनमा उहाँको लगनशीलता र निरन्तर योगदानको कदर गर्दै आगामी दिनमा पनि यस्तै सक्रियता रहने विश्वास व्यक्त गरेको छ।
स्मरण रहोस्, सूचना अधिकारीको भूमिकालाई सशक्त बनाउन सूचना आयोगले हरेक वर्ष उत्कृष्ट सूचना अधिकारी छनोट गर्दै आएको छ।
