हेटौंडा , २२ बैशख १०८२:
बागमती प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री श्री किरण थापा ज्यूको प्रमुख आतिथ्यमा गोसाइँकुण्ड गाउँपालिकाका गर्भवती महिलाहरूको स्वास्थ्य जाँच सेवा प्रवाहका लागि पोर्टेबल युएसजी (Ultrasound) मेसिन हस्तान्तरण गरिएको छ।
उक्त उपकरण गाउँपालिकाका अध्यक्ष श्री कैशाङ्ग नृपु तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गरियो। कार्यक्रममा नीति तथा योजना आयोगका सदस्य माननीय डा. दिपेन्द्र श्रेष्ठ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रदेशका दुर्गम क्षेत्रहरूमा मातृ तथा नवजात स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले गरिएको यो पहल स्वास्थ्य पहुँचलाई सहज बनाउनेतर्फ एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ।